२०८३ वैशाख १४ , सोमबार

जाजरकोटमा एकजना महिलाको मृत्यु



सुर्खेत । जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । भूकम्प पीडितलाई अस्थायी आवास निर्माणका लागि खर काट्न जाँदा शुक्रवार भीरबाट लडेर नलगाड नगरपालिका–१० रक्ताका सुरेन्द्र थापाकी श्रीमती ३३ वर्षीया रमिता थापाको मृत्यु भएको हो ।

उनी जनएकता प्राथमिक विद्यालयको कार्यालय सहयोगी रहेको नगरप्रमुख डम्बर बहादुर रावतले जानकारी दिए । जाजरकोटको भूकम्प प्रभावित क्षेत्र नलगाड नगरपालिका–१० मा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।

प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार