२०८३ वैशाख १४ , सोमबार

बर्डफ्लुले मानिसको ज्यान लिनसक्ने भन्दै खबरदारी



सुर्खेत । पशुपन्छी ओसारपसार गर्दा फिल्डमा नपुगेरै चिकित्सकहरुले जाँचपास प्रमाणपत्र दिने गरेकाेले बर्डफ्लुलगायतका खतरनाक राेगकाे उच्च जाेखिम भएको भन्दै सराेकारवालाहरुले चिन्ता व्यक्त गरेका छन्।

सुर्खेतकाे वीरेन्द्रनगरमा शुक्रबार आयाेजित बर्डफ्लुसम्वन्धी सराेकारवालाहरुसंग अन्तर्किया गाेष्ठी कार्यक्रमका सहभागीहरुले केही पशु चिकित्सकहरुकाे लापरबाहीले संक्रमणकाे खतरा बढेको औंल्याए। चिकित्सकहरुले कुखुरालगायतका पन्छीहरुकाे जाँचपास प्रमाणपत्र यसकाे काराेवार गर्ने सप्लायर्सहरुलाई पहिलेनै दस्तखत र छाँप लगाएर छाड्ने गरेको र त्यही प्रमाणपत्र उनीहरुले आवश्यक्ताअनुसार प्रयाेग गर्ने गरेकाे खुलासा गरे। पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथि राकेश प्रजापतीले बर्डफ्लु राेगकाे कानुनी व्यवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्दै किसानहरुले पालेको पन्छीहरु नष्ट गर्दा राज्यले क्षतिपूर्ति दिने जानकारी दिए।

सरकारले बर्डफ्लु राेग सम्वन्धमा निक्कै सचेत भएको उल्लेख गर्दै संक्रमण हुनुअघि र पछिका हरेक गतिविधिमा गम्भीर सावधानी अपनाउने गरेकाे वताए। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पशुपन्छी विकास निर्देशनालयका डाक्टर शाेभिना मल्लले बर्डफ्लु राेग र यसले पार्नसक्ने असरहरुबारेमा जानकारी दिएकी थिईन। मल्लले बर्डफ्लुकाे शंका लाग्न बित्तिकै उक्त क्षेत्रलाई उच्च सावधानीमा राख्दै परिक्षण गरिने वताईन। रिपोर्ट पाेजेटिभ आएमा जाेखिमयुक्त क्षेत्र घाेषणा गरेर उच्च जाेखिम भएका ठाउँका पन्छीहरु नष्ट गरिने उनको भनाइ छ। मल्लले बर्डफ्लु मानिसमा पनि सर्नसक्ने भएकोले लापरबाही नगरी जैविक सुरक्षामा ध्यान दिनुपर्ने वताईन। बर्डफ्लु राेग ईसं १९९७ मा मानिसमासमेत देखा परेको र नेपाल याे राेग पहिलोपटक २०६५ साल माघ १६ गते झापा जिल्लामा देखा परेकाे र २०७७ साल फाल्गुन ७ गते कर्णाली प्रदेशमा देखा परेको वताईन। अर्का कार्यपत्र प्रस्ताेता पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला सुर्खेतका डाक्टर लक्ष्मीनारायण दासले गत आर्थिक बर्षमा कर्णालीमा १५ लाख कुखुरा रहेको र सातवटा प्रदेशमध्ये कर्णाली प्रदेशमा कुखुराकाे मासु उत्पादनकाे हिस्सा २.५ प्रतिशत मात्रै रहेको जानकारी दिए।

डा. दासले कर्णाली प्रदेशमा ३ सय १५ वटा कुखुराको मासु पसल रहेकोमा सुर्खेतमा मात्रै ९६ वटा रहेको आँकडा प्रस्तुत गरेका थिए। कार्यक्रममा पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले राेग लाग्न नदिन अपनाउनुपर्ने खाेरकाे अग्रीम सुरक्षा र सावधानीका वारेमा जानकारी दिएका थिए। उनलेे जैविक सुरक्षाको बारेमा जानकारी दिदै जैविक सुरक्षामा ध्यान दिए व्यवसायीहरुले राम्रो लाभ लिनसक्ने र राेग नियन्त्रणमासमेत सघाउ पुग्ने वताए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले अन्तर्कियाबाट धेरै जानकारी पाएकाे वताउदै अबैध पशुपन्छी आयातमा चनाखो रहने प्रतिवद्धता जनाए। उनलेे अबैधरुपमा ओसारपसार भएको सूचना दिन सराेकारवालाहरुलाई आग्रह गरे।

पशुपन्छी विकास निर्देशनालयका माेहाेन गिरीले पशु चिकित्सकहरुले जारी गरेको प्रमाणपत्र नक्कल गरेर व्यवसायीहरुले पुनः प्रयाेग गरिरहेकाे आफुलाई जानकारी खुलासा गरे। उनलेे चिकित्सकहरुले जारी गरेकाे पशुपन्छी जाँचपास प्रमाणपत्रलाई सप्लायर्सहरुले स्क्यान गरेर नक्कल गर्ने, पुरानो मिति छाेपेर नयाँ राख्ने र चिकित्सकले दिएको संख्या भन्दा बढी संख्या थपेर लैजाने गरेको आराेप लगाए। निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीकाे अध्यक्षतामा भएको कार्यक्रममा सुर्खेत जिल्लाका कुखुरा सप्लायर्स, कुखुरापालक, सुर्खेत जिल्लाका गाउँ/नगरपालिकाका पशुपन्छी शाखा प्रमुखहरु, सुर्खेतका प्रहरी चाैकीहरुका प्रमुखहरु र संचारकर्मीहरुकाे सहभागीता रहेको थियाे।

प्रकाशित मिति : २०८० मंसिर २३ गते शनिबार