२०८३ वैशाख १४ , सोमबार

शिवालयमा एक दिने पशु स्वास्थ्य शिविर संचालन हुँदै



सुर्खेत । जाजरकोटको शिवालय गाउँपालिकामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर संचालन हुने भएको छ । शिवालय गाउँपालिका पशुपन्छी विकास शाखा र सहयोगी हातहरुको समुह (सहास) नेपाल पाइला परियोजनाको आयोजनामा एक दिने निशुल्क पशु स्वास्थ्य शिविर संचालन हुन लागेको हो ।

मंसिर ३० गते शिवालय गाउँपालिकाको वडा नम्बर ६ को टुनीबगरमा संचालन हुन लागेको उक्त शिविरमा गाउँपालिकाका ९ वटै वडाका पशुपालक कृषकहरुका पशुपंक्षीहरुको चेकजाँच गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा उपचार गराउन ल्याएका पशुहरुको चेकजाँच, पशुजन्य रोगहरुको परिक्षण, पशु रोगबारे परामर्श, बोका बन्ध्याकरण, औषधी र घास वितरण लगायतका सेवाहरु उपलव्ध गराईने शिवालय गाउँपालिका पशुपन्छी विकास शाखाले जनाएको छ ।

प्रकाशित मिति : २०८० मंसिर २६ गते मंगलबार