२०८३ वैशाख १४ , सोमबार

एरीचोकबाट अवैध सामान बरामद



सुर्खेत । सुर्खेतकोे वीरेन्द्रनगर–३ एरीचोकबाट भन्सार छली गरेर ल्याइएको अवैध सामान प्रहरीले बरामद गरेको छ । गएराति अन्दाजी ९ः१५ बजेको समयमा नेपालगन्जबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०६९६ नम्बरको फोर्स गाडीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा कुनै पनि बिल भरपाइ नभएको अवैध रुपमा ल्याइएको सामान बरामद गरेको हो ।

बरामद सामानमा चिनी २ सय ४० केजी, नेहा मिठा सुपारी ४ बोरा, चक्लेट ३ बोरा र महेश नामक दालमोठ १ बोरा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । बरामद गरिएको सामान आवश्यक अनुसन्धानका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक लक्ष्मण बहादुर शाहीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस ६ गते शुक्रबार