२०८३ वैशाख १४ , सोमबार

सिम्ताको खान्मामा शैक्षिक बहस कार्यक्रम सम्पन्न



सुर्खेत । ‘खान्मा उत्थान तथा एकता समाज’ सिम्ता ९ खान्मामा ‘शैक्षिक समृद्धिका लागि सार्थक संवाद’ भन्ने मुल नाराका साथ शैक्षिक बहस तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खान्मा उत्थान तथा एकता समाज सिम्ता ९ खान्माको आयोजना र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खान्माको समन्वयमा उक्त कार्यालय सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाको अध्यक्ष जीवन पुनको सभाध्यक्षता, सिम्ता गाउँपालिकाको अध्यक्ष ऐन बहादुर चन्दको प्रमुख आतिथ्यता, सिम्ता ९ का वडा अध्यक्ष कबिराज योगिको विशेष आतिथ्यता कार्यक्रम आयोजना गरिएको थियोे ।

अथितीहरुमा बिज्ञ शिक्षक मान बहादुर सिहं ठकुरी, भुपाल सिंह ठकुरी, शिक्षक महासंघ सिम्ता सुर्खेतका सह–सचिव बिवेक बुढा, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बजेडीका प्रअ काँशी नाथ योगि, सिम्ता बहुमुखी क्याम्पसको स्ववियु अध्यक्ष घनश्याम रेग्मी, शिक्षा समिति सदस्य चेतमान सुनार, नेपाल राष्ट्रिय प्राथमिक विद्यालय खान्माका प्रअ परशुराम सुनार, समाजसेवी व्यक्तिहरु र अन्य अविभावकहरु उल्लेख्य सहभागी रहेको थियोे ।

कार्यक्रममा नेरा प्राबी खान्माको शैक्षिक गुणस्तर कसरी वृद्धि गर्न सकिन्छ भन्ने बिषयमा अबिभावकले गरेको प्रश्नको जवाफदेही वक्ताहरुले जवाफ दिएका थिए । प्रमुख अतिथि सिम्ता गाउँपालिका अध्यक्ष चन्दले विद्यालयको शैक्षिक तथा भौतिक विकासको लागि आफ्नो पुर्णसाथ र समर्थन भएकोले, यसको विकासको लागि जोड दिने बताएका थिए ।

यस्तै वडा अध्यक्ष कबिराज योगिले यो विद्यालयको विकासको लागि लागिरहेको र थप पहल पनि गर्ने समेत प्रतिवद्धता जनाएका थिए । विषय बिज्ञको रुपमा एशियाकै उत्कृष्ट शिक्षक अवार्ड पाउनु भएका शिक्षक भुपाल सिंह ठकुरी र राष्ट्रिय शिक्षा पुरुस्कार २०८० बाट सम्मानित भएका शिक्षक मान बहादुर सिंहले कार्यक्रमको सहजिकरण गरेको थिए ।

दुवै बिज्ञलाई संस्थाको तर्फबाट सम्मान पत्र समेत प्रदान गरिएको छ । कार्यक्रमको संचालन संस्थाको सचिव लक्ष्य बहादुर सुनारले गरेका थिए ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार