२०८३ वैशाख १४ , सोमबार

बाघको आक्रमणबाट बालकको मृत्यु



बर्दिया । पाटे बाघको आक्रमणबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ का १२ वर्षीय सुमित थारुको शनिबार दिउँसो पाटे बाघको आक्रमणबाट मृत्यु भएको हो ।

बाघको आक्रमणबाट गम्भीर घाइते भएका थारुको आरसी मेमोरियल अस्पताल जयनगरमा उपचारका क्रममा शनिबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

थारु बबई नदीमा नुहाउन गएका थिए । सोहीबेला थारुमाथि बारबर्दिया नगरपालिका वडा नम्बर ४ अन्तर्गतको जिरा सामुदायिक वनमा बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीले मध्यान्हलाई जानकारी दिए ।

प्रकाशित मिति : २०८० पुस ७ गते शनिबार