बिश्व महाशक्ति राष्ट रुसले आर्थिक र सामरिक रुपमा जुन फड्को मारेको छ, त्यसको मुख्य जग अक्टाेवर क्रान्तिले बसाईदिएकाे थियाे। रुसका मजदुर, किसान र सैनिकहरुकाे वलमा भएको याे क्रान्तिले विश्व जगतलाई नै नवीनतम प्रविधि र ज्ञानकाे पथमा अघि बढाईदियाे।
खासगरी दाेश्राे विश्वयुद्ध पछि जर्मनी र जापान थला परे। महाशक्तिकाे रुपमा साेभियस रुस अघि आयाे। अमेरिकाले पूजीवादी अर्थव्यवस्था र रुसले कम्युनिस्ट शासन व्यवस्थाकाे नेतृत्व गर्दथे। रुस र अमेरिकाकाे शासन व्यवस्थावाट प्रभावित भएर विश्वभर विभित्र वादहरुकाे विकास भयाे।
सन १९५० पछि अमेरिका र रुसले अन्तरिक्षमा प्रतिस्पर्धा गर्न थाले। यहि भूमण्डलकाे परिधि नाघेर अर्को विश्वकाे खाेजीमा यी दुई मुलुक लागे। हतियार र विज्ञानकाे उच्च प्रतिस्पर्धा भयाे।महाशक्ति अमेरिकाले नाटाे र रुसले वार्सा शैन्य संगठनकाे स्थापना गरे, अनि सुरु भयाे शीतयुद्ध !
सन १९९१ मा साेभियत संघकाे विघटन भएपछि केही समय सुस्त रहेकाे विश्व जगत अहिले रुसले युक्रेनमा चढाई गरेपछि पुनः दुई धुर्वमा बाडिएकाे छ। यसले विश्वलाई आतंक र त्रासकाे छाँयामा अहिलेसम्म पारिरहेको छ।
स्पेसमा पहिलो पाईला सन् १९६१ एप्रिल १२ मा रुसी वैज्ञानिक यूरी गगारिनले राखेका थिए। अन्तरिक्षयात्रा सोभियत सङ्घका लागि अमेरिकासँगको प्रतिस्पर्धामा विजय थियो र उनी सकुशल पृथ्वीमा फर्केपछि यसवाट अमेरिका झन डराएको थियाे।
विभित्र कारणहरुले अक्टाेवर क्रान्तिकाे लागि अाधार तैयार पारेको थियाे। जारशाहीकाे अन्त्य र देशभित्रका मजदुर, किसान र श्रमजीवी जनता लेलिनकाे नेतृत्वमा कम्युनिस्ट शासनसत्ता ल्याउन चाहन्थे। २४ अक्टोबर १९१७ का दिन बिहानै करेन्स्की सरकार प्रती बफादार एक सैनिक समूहले बोल्सेभिक पत्रिका “रबोचिय पत”को (मजदुरको बाटो) छापाखानामा पसेर प्रेस तथा छपाइसम्वन्धी उपकरण र पत्रिकाहरू जफत गरि नष्ट गरेको थियो।
त्यस लगत्तै सरकारले “रबोचिय पत” लगायत बामपन्थी पत्रिका “सोलदत” र उग्र दक्षिणपन्थी पत्रिकाहरू “झिभो स्लोभो” र “नोभैया रस” तुरुन्तै बन्द गर्ने घोषणा गरेको थियो। यी पत्रिकाका सम्पादक तथा समाचार सङ्कलकलाई अपराधिक मुद्दा तथा विद्रोहको आरोप लगाइएको थियो।
त्यसको प्रतिक्रिया स्वरुप बिहान ९ बजे बोल्सेभिक सैन्य क्रान्तिकारी समितिले सरकारको कदमको निन्दा गर्दै वक्तव्य जारी गरेको थियो। बिहान १० बजे बोल्सेभिक पक्षीय सेनाले “रबोचिय पत” छापाखाना आफ्नो कब्जामा ल्याएको थियो।
करेन्स्कीले करिब ३ बजे पेत्रोग्रादको सबै पुल कब्जामा लिन आदेश दिएका थिए। त्यसपछि पुलहरू नियन्त्रण लिनका लागि सैन्य क्रान्तिकारी समिति सम्बद्ध लाल सेना र सरकार प्रति बफादार सेना बीच शृङ्खलाबद्ध झडप भएको थियो। करिब ५ बजे सम्ममा सैन्य क्रान्तिकारी समितिले केन्द्रिय टेलिग्राफ कब्जा गरी सहरको सम्पूर्ण सञ्चार प्रणाली बोल्सेभिकको नियन्त्रणमा लिएको थियो।
सन् १९१७ अक्टोबर २५ का दिन बोल्सेभिकले पेत्रोग्रादमा (तत्कालीन रूसको राजधानी) करेन्स्की सरकार विरुद्ध आन्दोलनका लागि नेतृत्व गरेको थियो। लाल सेना र लाल रक्षकले मुख्य सरकारी भवन, सुविधा, मुख्य सञ्चार क्षेत्र र मुख्य ठाउँहरु कब्जा गरेको थियो। पेत्रोग्राद ग्यारिसन र सहरका सैन्य बलले पनि विद्रोहमा सहभागीता जनाएका थिए। यो सशस्त्र आन्दोलन नियोजित र सङ्गठित थियो। यसले राज्य सत्ता मजदुर तथा सैनिकमा हस्तान्तरण गरेको थियो।
आन्दोलन जवर्जस्तरुपमा उठेपछि करेन्स्कीकाे मुटु हल्लिएकाे थियाे। करेन्स्की र अन्तरिम सरकार आन्दोलन रोक्न असफल बनेका थिए। रेलमार्ग, रेल स्टेसन सोभियत मजदुर र सैनिकको नियन्त्रणमा गएकाले सरकारी अधिकारीहरु एक ठाँउदेखि अर्को ठाउँसम्म पुग्नै नसक्ने अवस्थामा थिए। सरकारले सवारी साधनसम्म अाफ्नाे नियन्त्रणमा राख्न सकेको थिएन।
कुनै उपाय नलागेपछि करेन्स्कीले सहर छोडे । उनले सहर छाेडेपछि आन्दोलनका मुख्य कमान्डर लेनिनले रूसका नागरिकहरूलाई सम्बोधन गर्दै सैन्य क्रान्तिकारी समितिले अन्तरिम सरकारलाई विस्थापित गरेको घोषणा गरेका थिए। यस घोषणालाई टेलिग्राफमार्फत रूसभर प्रसारण गरिएको थियो।
रुसी दरवार शीत महलमा ३ हजार कार्यकर्ता, अधिकारी र महिला सैनिक विरुद्धको अन्तिम आक्रमण रक्तहीन भएको थियो। हतियार नभेटिएकाले बोल्सेभिकले आक्रमणमा केही ढिलाइ गरेको थियो। साँझपख ६ वजेर १५ मा एउटा ठूलो समूहले हतियार सहित दरबार छाडेेेेको थियो भने राति ८ बजे अन्य २ सय जना जतिले दरबार छाडेका थिए।
दरबार भित्र अन्तरिम सरकारले के कस्तो कदम चाल्ने बहस भैरहेको समयमा बोल्सेभिकले आत्मसमर्पण गर्न समय दिएको थियो। मजदुर र लाल सेनाले बाँकी रहेको अन्तिम एउटा टेलिग्राफ स्टेसन पनि कब्जा गर्दै सहर बाहिर रहेको सरकार समर्थित सेना बीचको सञ्चार पनि काटिदिएका थिए।
रात छिप्पिदै गएपछि विद्रोहीहरूले दरबार घेरेका थिए। रातीनै साढे १० वजे केही क्रान्तिकारीहरू दरबार भित्र प्रवेश गरेेेका थिए। विजयकाे अानन्द लिईरहेका क्रान्तिकारीहरू भने राति १ वजे दरबार भित्र प्रवेश गरेका थिए।
२६ अक्टोबरको दिन २ वजेर १० मिनेटमा बोल्सेभिकले दरबारलाई पूर्णरूपमा नियन्त्रणमा लिएको थियो। दरवारभित्र रहेका कार्यकर्ता र १ सय ४० महिला सैनिकले ४० हजारसँग लड्नु भन्दा आत्मसमर्पण गर्नु उचित ठानेर आत्मसमर्पण गरेका थिए। आत्मसमर्पण गरेेेेपछि उनीहरूलाई पिटर एन्ड पल किल्लामा कैद गरिएको थियो। करेन्स्की बन्दी वनेनन् किनकि उनले पहिलेनै दरबार छोडिसकेका थिए।
पेत्रोग्राद सोभियतको कब्जामा आएपछि अखिल रूसी काङ्ग्रेसको अधिवेशनमा अस्थायी सरकारको अन्तिम किल्ला शीत महल माथि कब्जा गरिएको थियो। केन्द्र र अन्य स्थानमा राज्यशासन सोभियतको हातमा आएको थियो। अक्टोबर क्रान्ति तत्कालीन रूसका किसान सैनिक र श्रमिकहरूको बलमा भएको थियो। त्यहाँका मजदुरहरु वर्ग सङ्घर्षको लामो प्रक्रियाबाट गुज्रिएका थिए । उनीहरूले नै बोल्सेभिक पार्टीको नेतृत्वमा आफ्ना क्रियाकलाप अगाडि बढाएका थिए