२०८३ वैशाख ४ , शुक्रबार

एमालेले टिकट नदिएर स्वतन्त्र उम्मेदवार बनेका खत्रीलाई सहयोग गर्ने समन्वय कमिटी र स्थानीय कमिटीहरुकाे निर्णय



← Back

Thank you for your response. ✨

नेकपा एमालेबाट सर्वसम्मतिले निर्णय भै केन्द्रमा पठाएको उम्मेदवारलाई टिकट नदिएकाे भन्दै सुर्खेत २ (ख) काे निर्वाचन समन्वय कमिटी र अधिकांश कार्यकर्ता स्वतन्त्र उम्मेदवारी दिएका खड्कबहादुर खत्रीकाे पक्षमा खुलेका छन्।
निर्वाचन आयाेगले उम्मेदवारी दर्ता गर्न ताेकेकाे असाेज २३ गतेका दिन स्वतन्त्र उम्मेदवारीकाे रुपमा खत्रीको दर्खास्त परेको थियाे। नेकपा एमालेका सबै तल्ला कमिटीहरुवाट सिफारिस भएर पनि टिकट पाउन बन्चित भएको भन्दै खत्रीको पक्षमा अधिकांश कार्यकर्ताहरु खुलेका हुन।
विवाद समाधान गर्ने उद्देश्यले मंगलबार भेरीगंगा नगरपालिकाकाे छिन्चुमा एमालेकाे प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटीले राखेको बैठकमा पनि केन्द्रले जवर्जस्तीरुपमा डण्डीप्रसाद शर्मालाई टिकट दिएकाे भन्दै स्वतन्त्र उम्मेदवार खड्क खत्रीकाे पक्षमा उभिने मत राखेका थिए। कुनैपनि सिफारिस बिना अर्को निर्वाचन क्षेत्रबाट आएर उम्मेदवारी दिएकाे र तल्ला कमिटीहरुकाे अपमान गरेको उनीहरूकाे भनाइ छ।
जनमत, पार्टी विधान र पद्धति विरुद्धमा जाने निर्णय गराउन उक्साउने काम डण्डीप्रसाद शर्माबाट भएको भन्दै पार्टीले शर्माको उम्मेदवारी फिर्ता गरि खड्क खत्रीलाई समर्थन गर्नुपर्ने निष्कर्ष निकालेकाे छ। यसबाट मात्रै मंसिर ४ गते ताेकिएकाे निर्वाचन जित्न सकिनेमा कार्यकर्ताहरु एकमत रहेको उपस्थित एक सदस्यले जानकारी दिए।
उम्मेदवार दर्ता कै दिन बसेकाे एमाले सुर्खेत २ (ख) काे वैठकले प्रदेश सभामा डण्डी प्रसाद शर्माले टिकट पाएपनि खड्क खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको थियाे। निर्णयमा भनिएको छ, खत्रीलाई सर्वसम्मत रुपमा संकल्प प्रस्ताव सहित १ जना मात्र सिफारिस भएको अवस्थामा नेकपा एमाले केन्द्रीय कमिटीको निर्णय अनुसार यश प्रदेशमा नामावलीसम्म नभएका जनवादको निर्णय विपरीत डण्डीप्रसाद शर्माकाे नाममा उम्मेदवारी टिकट प्राप्त भएको भन्ने बुझिएकोले जिल्ला कमिटी सुर्खेतकाे २०७९/६/२२ काे सचिवालयकाे निर्णय समेतलाई मध्यनजर गर्दै शर्मालाई उक्त निर्णयकाे सम्मान गर्दै खत्रीलाई समर्थन गर्नेगरि निर्णयमा जानका लागि अनुरोध गर्ने।
त्यस्तै, अन्य छलफलकाे लागि एमाले नेता खड्कबहादुर घर्ती, धनसिं खड्का, यज्ञ ढकाल, बाेधबिक्रम जिसी,सिताराम पाैडेल लगायतका १३ जनालाई जिम्मेवारी दिईएकाे थियाे।
समन्वय कमिटीका संयाेजक यज्ञप्रसाद ढकालकाे अध्यक्षतामा वसेकाे वैठकमा सचिव बाेधबिक्रम जिसी,टिकाराम साेमै, देबबहादुर राना,तिलक डाङ्गी, गंगबहादुर खत्री, खड्कबहादुर घर्ती, पंचकला रावत, पूर्णबहादुर शाही, शान्ति चपाई, लालमणि पाैडेल,झुपबहादुर खत्री, विरबहादुर वली,कुलबहादुर बिक, धनबहादुर कामी लगायतकाे उपस्थिति रहेको थियाे।

पछिल्लाे समय निर्माण व्यवसायीसमेत भनेर चिनिएका खत्रीकाे राजनीतिक ईतिहास पनि निकै लामो रहेको छ। उनी २०३५ साल फाल्गुन १ बाट अनेरास्ववियु पाचौंकाे प्रारम्भिक कमिटीबाट सुरु गरेका थिए। २०३६ सालकाे दशरथपुर गाेलीकाण्डमा पंचायती व्यवस्था विरुद्धमा लडेका थिए।
२०४१/ २०४२ सालतिर पंचायती व्यवस्थाका टाँठावाँठा व्यक्तिहरुले प्रशासनकाे आड लिएर चिंगाड गाउँ पालिकाका २ र ३ नंबर वडाका ८/९ सय घरपरिवारले प्रयाेग गर्ने सयौं विगाह सार्वजनिक बन क्षेत्र उनीहरूकाे नाममा दर्ता गराएपछि त्यसको विरुद्धमा खत्रीले आन्दोलनकाे नेतृत्व गरेका थिए। आन्दाेलनले उक्त जग्गा दर्ता खारेजी गरेकाे थिषाे।
२०४३ सालमा पुङ गाउँ पंचायतकाे प्रधानपंचमा जनपक्षीय उम्मेदवार बनी झिनाे मतले पराजित भएका खत्री २०४९ र २०५४ दुबैपटक रामघाट गाउँ पालिकामा भारी मतले विजयी भएका थिए।
२०४८ मा सुर्खेतकाे रामघाट गाउँ कमिटीकाे सचिव, २०५६ मा सुर्खेत जिल्ला कमिटी सदस्य, २०७४ मा कर्णाली प्रदेश सभा सदस्य र पछि कर्णाली प्रदेशकाे भाैतिक पूर्वाधार मन्त्री भएका थिए।
गत बैसाख ३० गते भएको स्थानीय तहकाे चुनावमा खत्रीकै कारण नेकपा एमालेले कमजोर संगठन हुदाहुदै पनि गठवन्धन विरुद्ध लडेर एमालेले चिंगाड र भेरीगंगा पालिका जितेकाे थियाे।

प्रकाशित मिति : २०७९ असोज २६ गते बुधबार