भुकम्पबाट घर भत्किदा डाेटीमा कम्तीमा ५ काे मृत्यु

खबर दृष्टि
खवरदृष्टि २३ कार्तिक २०७९, बुधबार ०५:५४

डोटीमा भुकम्पले घर भत्किदा ५ जनाको मृत्यु भएको छ । मंगलबार राति २ बजेर १२ मिनेटमा गएको भुकम्पले पूर्वीचौकी गाउँपालिका–३ को गैरा गाउँका ठक्कर बोहराको घर भत्किदा ५ जनाको मृत्यु भएको र अन्य क्षति हुनसक्ने पनि हुनसक्ने देखिएको छ।

पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले महिला र दुई बालबालिकाको शव च्यापिएको अवस्थामा भेटिएको जानकारी दिए तर उनीहरुको सनाखत हुन बाँकी छ । अहिले अन्य घाइतेहरुको उद्दार जारीरहेको उपाध्यायले बताए ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भुकम्प गएको थियाे । गतराति मात्रै डाेटी केन्द्र बनाएर ३ पटक भुकम्प गएको थियाे। भुकम्पबाट भएको थप क्षतिको विवरण भने आउन बाँकी छ ।

Next Post

प्रचण्डलाई जुत्ता प्रहार प्रकरणमा पक्राउ परेका खत्रीकाे भाेली म्याद थप्ने तैयारी

२३ कार्तिक २०७९, बुधबार ०५:५४
सुर्खेत जिल्लाकाे चिङ्गाड गाउँपालिका, मटेलामा प्रचण्डलाई जुत्ताको माला लगाउन लागेकाे अभियाेगमा पक्राउ परेका युवकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेत ल्याइएको छ। मंगलबार साँझ पक्राउ परेका युवकलाई आवश्यक थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा ल्याइएको प्रहरीले जनाएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ परेका कमल खत्रीलाई बिहीबार म्याद थप गरेर […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930