जगदिश शाही
सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाका अध्यक्ष तथा पत्रकार मधुवन बिसीलाई संघको प्रेस सल्लाहकारमा नियुक्त गरेको छ।
संघले पत्रकारिता क्षेत्रको अनुभव र योगदानलाई मध्यनजर गर्दै बिसीलाई प्रेस सल्लाहकारको जिम्मेवारी दिएको जनाएको छ। संघका गतिविधि, कार्यक्रम तथा उद्योगी व्यवसायीका विषयलाई सञ्चारमाध्यममार्फत प्रभावकारी रूपमा प्रवाह गर्न उनको भूमिका महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
बिसी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आएका छन्। हाल उनी नेपाल पत्रकार महासंघ, सुर्खेत शाखाको अध्यक्षको जिम्मेवारीमा छन्।
संघको प्रेस सल्लाहकारको जिम्मेवारी पाएसँगै बिसीले संघ र सञ्चार क्षेत्रबीचको सम्बन्धलाई थप प्रभावकारी बनाउँदै उद्योगी व्यवसायीका सवाल तथा संघका गतिविधिलाई आम नागरिकसम्म पुर्याउन भूमिका खेल्ने अपेक्षा गरिएको छ।