जगदिश शाही
दैलेख । जिल्ला प्रहरी कार्यालय दैलेख मातहत प्रहरी चौकी ठाँटिकाँधमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी छनोट गरी पुरस्कृत गरिएको छ।
कर्तव्य निर्वाहमा देखाएको लगनशीलता, अनुशासन, जिम्मेवारीबोध तथा प्रहरी सेवामा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै शाहीलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
प्रहरी सेवामा कार्यरत कर्मचारीको कार्यसम्पादनलाई प्रोत्साहन गर्दै उत्कृष्ट काम गर्ने प्रहरी कर्मचारीलाई सम्मान गर्ने उद्देश्यले शाहीलाई पुरस्कृत गरिएको हो।
पुरस्कारले प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारीप्रति थप उत्तरदायी र कर्तव्यनिष्ठ भएर काम गर्न प्रेरणा मिल्ने विश्वास गरिएको छ।
प्रकाशित मिति : २०८३ भदौ ५ गते शुक्रबार