वीरेन्द्रनगरमा ट्रकको ठक्करबाट वृद्धा गम्भीर घाइते

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता २६ बैशाख २०८२, शुक्रबार १९:०६

सुर्खेत । सुर्खेतमा ट्रकले पैदलयात्रीलाई ठक्कर दिँदा एकजना वृद्धा गम्भीर घाइते भएकी छन् । घाइते हुनेमा दैलेख भैरवी गाउँपालिका घर भई हाल वीरेन्द्रनगर बस्दै आएकी ७२ वर्षीया तुलसी जैशी रहेकी छन् ।

शुक्रवार अपराह्न वीरेन्द्रनगर बजारको मूलपानी चोक नजिकै जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी जैशीलाई बाँगेसिमलतर्फ जाँदै गरेको भे १ ख १९३६ नम्बरको ट्रकले ठक्कर दिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले खबरदृष्टिलाई जानकारी दिए ।

ठक्करबाट घाइते भएकी जैशीको हाल प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको र अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाइ छ । ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको छ ।

Next Post

वाईसीएल नेपालको कर्णाली प्रदेश सम्मेलन वैशाख २९ र ३० गते हुँदै

२६ बैशाख २०८२, शुक्रबार १९:०६
सुर्खेत । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन (वाईसीएल) नेपाल कर्णाली प्रदेश समितिको सम्मेलन वैशाख २९ र ३० गते हुँदैछ । शनिवार बिहान योङ कम्युनिस्ट लिंग नेपालले वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीरेन्द्रनगरको पिपल […]
May 2025
M T W T F S S
 1234
567891011
12131415161718
19202122232425
262728293031