२०८३ साउन ११ , सोमबार

कर्णालीमा भोलि सार्वजनिक बिदा



सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना तथा शहीद दिवस- २०८२ को अवसरमा भोलि (बुधबार) सार्वजनिक बिदा दिने भएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम प्रदेश स्थापना तथा शहीद दिवसको उपलक्ष्यमा प्रदेशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघ–संस्थाहरूमा सार्वजनिक बिदा दिइएको हो ।

२३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्ष नेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित संघीयताको खाका सार्वजनिक गरेपछिको विवादले अन्ततः आन्दोलनको रुप लिएपछि कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश जन्मिएको थियो ।

प्रदेश प्राप्तिको आन्दोलनमा चार जनाले ज्यानसमेत गुमाएका थिए । आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः ४ भदौ २०७२ मा साविक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान, रुकुम–पश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो ।

May be an image of ‎text that says '‎सेरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कर्णाली प्रदेश, सुरखेंत| मा.मन्बीज्ू ㅇㄷ3-노구노 संचिवज्यू ㅇC-보산삼보시 प्रशा.शाखा 0FR-NRRO फ्याकस नद३-१२४७८ सार्वजनिक बिदा सम्बन्धी सुचना मिति २०६२ भदौ لا गते बुधवार प्रदेश स्थापना तथा सहिद दिवसको उपलक्ष्यमा कर्णाली प्रदेशभरका सवै सरकारी कार्यालय तथा सार्वजनिक संघ-संस्थाहरुमा सार्वजनिक विदा दिने कर्णाली प्रदेश सरकार (मन्तिपरिषद) वाट मिति ನಂದೇ/ಳ/ मा निर्णय भएको हुदा सम्वन्धित सवैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ| मिति: २०६२/०/०३ ไว้สะท प्रवक्ता/उपसचिव प्रवक्ता/ उपसचिव उत्तम गौतम उपसचिव (कानून)‎'‎

प्रकाशित मिति : २०८२ भदौ ३ गते मंगलबार