गर्भवती महिलाको उद्धार हुम्लाको नाम्खा गाउँपालिका–१ की २८ वर्षीया गर्भवती सरिता लामालाई सुत्केरी अवस्थामै गम्भीर स्वास्थ्य समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत पठाइएको छ। उनको रक्तचाप अत्यधिक बढेको, बेहोस भएको र झड्का आएको थियो। ३१ हप्ताको गर्भ रहेको तथा शिशुको तौल कम भएकाले थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार