
सुर्खेत । संगीत क्षेत्रमा विगत पाँच वर्ष देखि संघर्ष गरीरहेका दैलेखका एक जना गायक तथा संगीतकार छन्, दीपेन्द्र खत्री । दैलेखको गुँरास गाउँपालिका ८ धरमपोखरा घर भएका खत्री लामो समयदेखि संगीत यात्रामा भविष्य खोजिरहेका छन् । उनले अहिले बजारमा धेरै गीतहरु सार्वजनिक गरीसकेका छन ।
शनिवार मात्रै उनको लयमा रहेको गीत सार्वजनिक भएको छ, गीतको बोल हो, ‘किन आको छेउ’ । उक्त गीतमा लोकप्रिय चर्चित गायक कुलेन्द्र विश्वकर्मा र पछिल्लो समयमा सबैले रुचाईएकी सुर्खेती गायिका सुनिता बुढा क्षेत्रीले स्वर दिएका छन् । गीतको लय खत्री र शब्द पवित्रा न्यौपानेको रहेको छ । ‘किन आको छेउ’ यो भाकालाई म्युजिक भिडियोमा उतारिएको छ ।
विक्रम चौहानले निर्देशन गरेको भिडियोमा कलाकार अर्जुन सापकोटा, उषा उप्रेती, विक्रम चौहान मेघा र बर्षाले अभिनय गरेको देख्न सकिन्छ । यस्तै, गीतको एरेन्ज यामबहादुर थापाले गरेका छन् भने गीत तथा भिडियोको निर्माण मारुनी डिजिटल प्रालिले गरेको छ । गीत पवित्रा न्यौपानेको युट्व च्यानलबाट सार्वजनिक भएको छ ।
खत्रीले भने यसभन्दा पहिले ‘मुटु रेटिन्छ’, ‘बाजा ठोकेर’, ‘फरीया फरर’ जस्ता थुप्रै गीत बजारमा ल्याईसकेका छन् । खत्री विशेष त लामो समयदेखि सुर्खेतमा बस्दै आएका छन् ।
भिडियो हेर्नुहोस् ।