२०८३ वैशाख १४ , सोमबार

आमा–छोरा झुण्डिएको अवस्थामा मृत फेला



सुर्खेत । प्युठानमा दुईजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । झिमरुक गाउँपालिका–३ मा स्थानीय कर्णबहादुर खड्काका कान्छी श्रीमती ३४ वर्षीया विष्णा खड्का र उनको जेठी श्रीमतीका छोरा २१ वर्षीय छोरा रोहित खड्का आज बिहान ८ बजे झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरू घरबाट दुईसय मिटर पर रहेको काफलको रुखमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी इन्सपेक्टर हुमानन्द खनालले जानकारी दिए । उनकाअनुसार उनीहरूले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० पुस ९ गते सोमबार