२०८३ वैशाख १४ , सोमबार

राष्ट्रिय सभा चुनावका लागि आयोगले तोक्यो निर्वाचन अधिकृत, कुन प्रदेशमा को ?



सुर्खेत । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन अधिकृत तोकेको छ। बिहीबार आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आयोगले सातजना निर्वाचन अधिकृत तोकेको हो।

जसमा कोशी प्रदेशका लागि मोरङ जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद ढुंगेल, मधेश प्रदेशका लागि धनुषा जिल्ला अदालतका न्यायाधीश नारायणप्रसाद सुवेदी, बागमती प्रदेशका लागि मकवानपुर जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्की, गण्डकी प्रदेशका लागि कास्की जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद बास्तोला, लुम्बिनी प्रदेशका लागि दाङ जिल्ला अदालतका न्यायाधीश कृपासुर कार्की, कर्णाली प्रदेशका लागि सुर्खेत जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अर्याल र सुदूरपश्‍चिम प्रदेशका लागि कैलाली जिल्ला अदालतका न्यायाधीश ओमप्रसाद अर्याल रहेको आयोगले जनाएको छ।

प्रकाशित मिति : २०८० पुस १२ गते बिहीबार