काठमाडौं । नेकपा एमालेले आज ललितपुरको बालकुमारीमा ईपीएस परीक्षाको विषयलाई लिएर भएको आन्दोलनमा प्रहरीको दमनमा परी दुई जना युवाको मृत्यु भएकोमा दुःख व्यक्त गर्दै प्रहरी दमनको भर्त्सना गरेको छ ।
एमाले प्रचार तथा प्रकाश विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गर्दै घटनाको घाइतेहरूको उपचारको माग गरेका छन् । साथै पक्राउ परेकाहरूलाई रिहा गर्नं माग गर्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गरेका छन् ।
यसअघि भएको पानी जहाज निर्माणको ईपीएस भाषा परीक्षामा सहभागी भएकाहरूले अहिले उत्पादन क्षेत्रका लागि खुलेको परीक्षामा भाग लिन नपाउने भएपछि उनीहरू आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा आज आन्दोलनकारीले मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका थिए । त्यसपछि प्रहरीले व्यापाक दमन गरेको थियो । जसमा दैलेखका सुजन राउत र डोटीका वीरेन्द्र शाह मारिएका थिए ।
प्रकाशित मिति : २०८० पुस १३ गते शुक्रबार