२०८३ वैशाख १४ , सोमबार

प्रहरीलाई गृहमन्त्रीको निर्देशन : गुण्डागर्दी गर्नेलाई पक्राउ गर्न मेरो आदेश नकुर्नु



काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशको कुनै भागमा गैरकानुनी काम भए पक्राउ गर्न आफ्नो आदेश नकुर्न निर्देशन दिएका छन्। उनले प्रहरीहरूले गृहमन्त्रीलाई नभई गृहमन्त्रीले प्रहरीलाई सलाम गर्ने गरी काम गर्न आदेश दिएका छन्।

सामाजिक सन्जालमा उनले भनेका छन् – देशको कुनै पनि भागमा कुनै पनि व्यक्ति वा समूहले गैरकानुनी काम गरेको छ, गैरकानुनी धन्दा चलाएको छ, कर छली गरेको छ, गुण्डागर्दी, धाक धम्की, तस्करी लगायतका अपराध गरेको छ भने त्यसलाई कारबाही गर्न मेरो वा कसैको आदेश कुर्नु पर्दैन।

ऐन पल्टाउनुस् र देखाइदिनुस् कानुनी राज्य भनेको के हो ? लामिछानेले थप भनेका छन्–तपाईँले मलाई होइन मैले तपाईँलाई सलाम गर्ने गरी काम गर्नुहोस् । मेरो शुभकामना छ।

 

प्रकाशित मिति : २०८० फागुन २९ गते मंगलबार