२०८३ वैशाख ३ , बिहीबार

कर्णाली प्रदेश सभाको बैठक स्थगित



सुर्खेत । कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ । मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिनका लागि डाकिएको बैठक स्थगित भएको हो । केन्द्रबाट कर्णालीको मुख्यमन्त्री एमालेलाई छाड्न निर्देशन आएको थियो ।

तर, केन्द्रको निर्देशन विपरित प्रदेश सभाबाट विश्वासको मत लिन लागेका शर्माले अन्तत विश्वासको मत नलिने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पद छाड्न भने पनि मुख्यमन्त्री शर्माले विश्वासको मत लिने अडान राखेका थिए।

विश्वासको मत लिएर मात्रै पदबाट बाहिरिने अडान राखेका उनी र माओवादी नेतृत्वबीच कुरा नमिल्दा प्रदेश सभा बैठक नै बुधबारसम्मलाई स्थगित गरिएको हो।

कर्णाली एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीमा दाबी गर्दै आएका छन् । तर, आफ्नो राम्रो आधार भएको क्षेत्र भन्दै माओवादीले कर्णाली सरकार छाड्न नसक्ने बताउँदै आएको छ ।

May be an image of text that says 'प.सं. २०५०/०६ च.नं.: कर्णाली प्रदेशसभा सचिवालय वीरेन्द्नगर, सुरखेत, नेपाल मिति २०६०/१२/२० बैठक स्थगित भएको सूचना! आज मिति २०६० साल चैत २० गते मंगलबार दिनको ३:०० बजे बस्ने गरी निर्धारण गरिएको कर्णाली प्रदेशसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले माननीय सभामुखज्यूले सभाको अर्को वैठक कर्णाली प्रदेशसभा नियमावली, २०७९ को नियम को उपनियम (३) बमोजिम मिति २०६० साल चैत २१ गते बुधवार दिनको ३:०० वजे बस्ने गरी निर्धारण गर्तुभएको व्यहोरा माननीय सदस्यहरू तथा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। जीवराज बुढाथोकी प्रदेशसभा सचिव जीवराज बुढाथोकी प्रदेशसभा सचिव'

प्रकाशित मिति : २०८० चैत २० गते मंगलबार