गायक राजेश पायल राईसहित तीन कलाकार पक्राउ

खबरदृष्टि सम्वाददाता २२ चैत्र २०८०, बिहीबार ०८:३२
गायक राजेश पायल राई

काठमाडौं । गायक राजेश पायल राई पक्राउ परेका छन्। मदिरा पिएर होहल्ला गरेपछि राईसहित तीन जना कलाकारलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

गए राति २ बजे काठमाडौंको मदन भण्डारी कलेज नजिकैबाट उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। गायक राई सहितको समूहले मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले होहल्ला नगर्न आग्रह गर्दा सरुवा गर्ने धम्की दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।पक्राउ परेकाहरुलाई प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । गायक राई यसअघि पनि पटकपटक विवादमा आइरहने गरेका छन् ।

Next Post

कर्णालीको मुख्यमन्त्रीमा दाबी पेस गर्दै एमालेका कँडेल

२२ चैत्र २०८०, बिहीबार ०८:३२
सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष दिएको लिखित राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । नेपालको संविधानको […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031