बलिउड अभिनेता सलमान खानको घर बाहिर गोली चल्यो

खबरदृष्टि सम्वाददाता २ बैशाख २०८१, आईतवार ११:२४
सलमान खान

काठमाडौँ । बलिउड अभिनेता सलमान खानको घर बाहिर आइतबार गोली चलेको छ । मुम्बईको बान्द्रास्थित गैलेक्सी अपार्टमेन्ट अगाडी गोली प्रहार भएको थियो । ग्यालेक्सी अपार्टमेन्ट अगाडि दुई मोटरसाइकल सवारले ४ राउण्ड फायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गोली चलेपछि घरको सुरक्षा बढाइएको बताइएको छ । गोली चल्दा सलमान आफ्नै घरमा थिए । सलमानलाई लरेन्स बिश्नोई–गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । घटनाको खबर पाएलगत्तै मुम्बई पुलिस, अपराध शाखा र फोरेन्सिक विशेषज्ञहरूको टोली घटनास्थलमा पुगेको थियो ।

सलमानको घर बाहिर पनि सुरक्षा बढाइएको छ । आक्रमणकारीहरूको पहिचान गर्न नजिकैको सीसीटीभी फुटेज पनि जाँच गरिँदैछ र मानिसहरूसँग सोधपुछ पनि भइरहेको छ ।

Next Post

खेल पूर्वाधार निर्माणमा तिव्रता

२ बैशाख २०८१, आईतवार ११:२४
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो समय धमाधम खेल पूर्वाधार निर्माण भइरहेका छन् । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी कर्णालीमा खेलपुर्वाधार धमाधम निर्माण भइरहेका हुन् । कर्णालीका डोल्पा र सल्यानबाहेक अन्य आठवटै जिल्लामा विभिन्न खेल पूर्वाधार निर्माण भइरहेको खेलकुद विकास परिषदले जनाएको छ । ठेक्का सम्झौताअनुसार तोकिएकै मितिमा काम सम्पन्न […]
May 2024
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031