२०८३ वैशाख १३ , आइतबार

वीरेन्द्रनगरमा गोलीकाण्ड : आफन्तद्धारा सुर्खेत जिल्ला अदालत अगाडी प्रदर्शन



सुर्खेत । गत फागुन १२ गते राति तरुण दल सुर्खेतका सदस्य विनोद गिरीलाई गोली प्रहार गर्ने मुख्य योजनाकारलाई पक्राउ गर्नुपर्ने माग राख्दै सुर्खेतमा प्रदर्शन गरिएको छ । गिरीसहित उनका आफन्तहरुले मुख्य योजनाकार पक्राउ गर्नुपर्ने माग राख्दै सुर्खेत जिल्ला अदालत अगाडी प्रदर्शन गरेका हुन् ।

निर्दोष नफसोस् दोषी नउम्कियोस्, गोली हानी ज्यानै लिने संगठित अपराधीहरुको जालोसम्म कहिले पुग्छ प्रहरी र पीडितले सुरक्षित महसुस हुन अझै कति कुर्नु पर्ने जस्ता प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका छन् । अदातलमा गिरीमाथि गोली हान्न प्रयास गर्नेहरुको थुनछेक बहस जारी रहेको बेला आफन्तहरुले दवावमुलक प्रदर्शन गरेका हुन् ।

प्रहरीले गत फागुन १३ गते हत्या प्रयासको घटनामा जोडिएको दाबी गर्दै एक जना भारतीय सुटरसहित चार जनालाई सार्वजनिक गरेको थियो । एकजना घटनाका मुख्य योजनाकारबारे जानकारी रहेको तर तत्काल परिचय खुलाउँदा गोपनीयता भङ्ग हुने भन्दै उनलाई मुख्य शङ्कित व्यक्ति मात्र भनेको थियो । तर, घटना घटेको दुई महिना पुग्न लाग्दासमेत प्रहरीले मुख्य योजनाकार भनिएका व्यक्तिलाई पक्राउ गरेको छैन ।

याे पनि हेर्नुहाेस् – कर्णाली एक्सपोले निम्त्याएको तनाव : तरुण नेतामाथि गाेली हानिएकाे दाबी

घटनामा संलग्न मोटरसाइकल चालक कैलाली गौरीगंगा नगरपालिका– २, का १८ वर्षीय इन्द्र विक, सोही ठाउँ बस्ने १८ वर्षीय भरत भुललाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो । यस्तै, गिरीमाथि गोली प्रहार गर्ने भारत उत्तर प्रदेश बिजनौर जिल्ला दादानगरगञ्ज जोसीपन मोहल्लाका १९ वर्षीय रोहित राजपुत र उनलाई सुर्खेतमा बासको व्यवस्थापन गर्ने वीरेन्द्रनगर– ४ का ३७ वर्षीय राजन गिरीलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

कर्णाली एक्सपोले निम्त्याएको तनाव : तरुण नेतामाथि गाेली हानिएकाे दाबी

वीरेन्द्रनगरमा विनोद गिरीलाई गोली हान्ने चार जना सार्वजनिक

प्रकाशित मिति : २०८१ वैशाख ३ गते सोमबार