२०८३ वैशाख १७ , बिहीबार

बजेट भाषण मंगलबार दिउँसो १ बजे



काठमाडौं । आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे प्रस्तुत हुने भएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक बस्ने जानकारी गराएका हुन् ।

उनले बैठकमा सहभागिताका लागि पौने १ बजेभित्रै संसद भवन प्रवेश गरिसक्छ सांसदहरूलाई अनुरोध गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । बजेट भाषणपछि दिउँसो ४ बजे फेरि प्रतिनिधिसभाको बैठक बस्नेछ ।

प्रकाशित मिति : २०८१ जेठ १३ गते आइतबार