
कार्यक्रमबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत गोपाल शाही
जाजरकोट। जाजरकोटको शिवालय गाउँपालिकामा मानव अधिकार प्रवर्द्धनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिकाको आयोजनामा बिहीवार उक्त कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीले मानव अधिकारको संरक्षण, सम्मान र व्यवहारिक कार्यान्वयनमा सबैको भूमिका महत्त्वपूर्ण रहेको बताए।

कार्यक्रमका सहभागीहरू
उनले नागरिकका हकअधिकार सुनिश्चित गर्न स्थानीय तह सधैं प्रतिबद्ध रहेको उल्लेख गरे। कार्यक्रममा सहभागीलाई मानव अधिकारका आधारभूत सिद्धान्त, नागरिक अधिकार, महिला तथा बालअधिकार, सामाजिक समावेशिता र कानुनी सचेतनाबारे जानकारी गराइएको थियो।
स्थानीय जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा सर्वसाधारणको सहभागिता रहेको कार्यक्रमले मानव अधिकारप्रति जनचेतना अभिवृद्धि गर्ने विश्वास लिएको आयोजकले जनाएको छ।