
काठमाडौँ । गायिका ईश्वरी बरालको नयाँ गीत ‘माया छकि छैन’ सार्वजनिक भएको छ। गीतमा चर्चित कलाकार आर्यन सिग्देल,सुजल बम र मोनिका बोहराको नृत्य र अभिनय रहेको छ। गीतको म्युजिक भिडियोमा गायिका बरालको पनि अभिनय र नृत्य देख्न सकिनेछ।
शब्द,सङ्गीत र एरेन्ज विपिन आचार्यको रहेको गीत कपुरधारास्थित एम बी म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ। म्युजिक भिडियोको छायाङ्कन ललितपुर हरिसिद्धिस्थित इट्टा तथा टायल कारखानामा गरिएको छ। गायिका बरालका यसअघिका चर्चित गीतहरूमा नरिसाउन होइ, खानदानी छोरी लगायत छन्।
भिडिओ हेर्नुहोस् –
प्रकाशित मिति : २०८१ जेठ २३ गते बुधबार