१९ वर्षपछि ‘मेरी बास्सै’ मा फर्किँदै इकु

खबरदृष्टि सम्वाददाता २८ असार २०८१, बिहीबार १६:५२

काठमाडौँ । इकुु नामबाट चर्चित सुलेमान शंकर हाँस्य सिरियल ‘मेरी बास्सै’ मा फर्किने भएका छन्। उनी १९ वर्षपछि यो सिरियलमा फर्किन लागेका हुन्। त्यसबेला सिताराम कट्टेल र केदार घिमिरेको निर्देशनमा निर्माण हुने सिरियलको केही एपिसोडबाट इकु निकै चर्चित बनेका थिए।

सिरियलबाट बाहिरिएपछि उनले ‘इकुु र ‘इकु २’ फिल्म बनाएका थिए। यही शनिबारदेखि आफूले ‘मेरी बास्सै’ को छायांकन सुरू गर्ने तयारी रहेको इकुले जानकारी दिए।

‘त्यसबेला ६ एपिसोडमा देखिएको थिएँ। दर्शकहरूले मेरो क्यारेक्टरलाई अत्यन्तै रूचाउनुभएको थियो। अहिले यतिका वर्षपछि यो सिरियलमा फेरि जोडिन पाउँदा अत्यन्तै खुसी छु,’ उनले भने। सिरियलमा उनी इकुकै क्यारेक्टरमा देखिनेछन्। नियमित देखिने गरी तयारी भइरहेको उनले बताए।

यसअघि उनी ‘हल्का रमाइलो’ सिरियलको केही एपिसोडमा देखिएका थिए। अहिले भने यो सिरियलमा देखिएका छैनन्। ‘मेरी बास्सै’ लाई नेत्र राउतले लेखन एवं निर्देशन गर्दै आएका छन्। यो सिरियल हरेक मंगलबार बेलुकी ८ः५० बजेबाट नेपाल टेलिभिजनमा प्रशारण हुँदै आएको छ।

मिडिया हब युट्युबमा ९ः३० बजे स्ट्रिमिङ हुने गरेको छ। कामको कुरा गर्दा इकुले विराज भट्टको फिल्म ‘१२ गाउँ’ मा अभिनय गरिरहेका छन्। यसबाहेक आफ्नै फिल्मको समेत तयारी भइरहेको उनले बताए।

Next Post

कर्णाली सुपर मार्टको दोस्रो शाखा सञ्चालन

२८ असार २०८१, बिहीबार १६:५२
सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा ‘कर्णाली सुपरमार्ट’को दोस्रो शाखा सञ्चालनमा आएको छ । बिहीबार पत्रकार सम्मेलन मार्फत वीरेन्द्रनगरको घण्टाघरमा स्थापना भएको सुपरमार्टको दोस्रो शाखा सञ्चालनमा आएको जानकारी गराइएको हो । सुपरमार्टको शुक्रवार बिहान सुर्खेत उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मण कँडेलले एक औपचारिक कार्यक्रमकाबिच उद्घाटन गर्दैछन् । सुपरमार्टका सञ्चालक तेजेन्द्र कार्कीले २०७७ […]
January 2025
M T W T F S S
 12345
6789101112
13141516171819
20212223242526
2728293031