एप्पलको लोगोमा किन हुन्छ आधा स्याउ ? यस्तो छ कथा

खबर दृष्टि
खबरदृष्टि सम्वाददाता ३१ श्रावण २०८१, बिहीबार ११:२२

काठमाडौैँ । विश्वको शीर्ष सूचना प्रविधि कम्पनी एप्पलको लोगाको रूपमा काटिएको स्याउलाई प्रयोग गरिएको छ । तर तपाई हाम्रो दिमागमा बेला बेला लोगोमा किन काटिएको स्याउ राखिएको छ रु भन्ने प्रश्न आउँछ । यद्यपि, स्याउको कथा आइज्याक न्युटनसँग सम्बन्धित छ । न्युटनले रूखबाट स्याउ खस्ने रहस्यलाई गुरुत्वाकर्षणको खोज सुल्झाएका थिए ।

एप्पलको लोगो सबैभन्दा पहिला सन् १९७६ मा न्युटनको स्याउको रूख मुनि बसेको अवस्थासँग सम्बन्धित रहेको छ । पछि काटिएको स्याउलाई एप्पल कम्पनीको लोगो बनाइएको थियो । एप्पलका संस्थापक स्टिभ जब्स र स्टिभ वाज्नियाकले एकदमै आधुनिक लोगो बनाउने निर्णय गरेका थिए । त्यसपछि जब्सले लोगि बनाउन ग्राफिक डिजाइनर रोब जैनोफलाई चयन गरेका थिए ।

२ हप्तामा एप्पलको लोगो तयार भएको थियो । सन् १९७७ मा एप्पलको पहिलो पर्सनल कम्प्युटर एप्पल आईआई सार्वजनिक गरिएको थियो, जसमा नयाँ लोगो काटिएको स्याउ पहिलोपल्ट देखिएको थियो ।

डिजाइनर जैनोफ आफ्नो सरलताका कारण विशेष थिए । एप्पलको लोगोको पहिचान एक टूडी स्याउ हो, जसको एक टुक्रा काटिएको थियो । एप्पल लोगोमा इन्द्रेणी रंग समेत दिइएको थियो । यसो गर्नुको प्रमुख कारण भनेको कम्पनीको लोगो त्यस समयका ब्रान्डहरूको बीचमा फरक पहिचान बनाउन सकोस् भन्ने थियो ।

आधा काटिएको स्याउलाई लोगो बनाउनुको कारण

एप्पलले लोगोमा किन पूरा स्याउ प्रयोग नगरेर आधा काटिएको स्याउनको प्रयोग गर्‍यो ? भन्ने प्रश्न तपाई हामी धेरैको मनमा आउँछ । एप्पलको लोगोमा काटिएको आधा स्याउन प्रयोग हुनु पछाडिको कारण यसलाई चेरी फलसँग फरक देखाउनलाई थियो भनिन्छ ।

किनकी एप्पल र चेरीको आकार उस्तै हुन्छ र एप्पल कम्पनीको यस लोगोलाई मानिसहरूले चेरी ठान्न सक्छन् भन्ने मान्यता थियो, त्यसैले एप्पललाई काटिएको स्याउको लोगो बनाएर फरक बनाएको हो । तर समयक्रमसँगै एप्पलको लोगो समेत केही परिवर्तन हुँदै आयो । आजका समयमा देखिने एप्पल लोगोलाई खैरो रंगमा काटिएको स्याउको रूपमा देख्न सकिन्छ । यसभन्दा अघि यो लोगो कालो, सेतो, र निलो रंगमा पनि देखिन्थ्यो

Next Post

दाङ उद्योग वाणिज्य संघका पूर्व सदस्य पक्राउ

३१ श्रावण २०८१, बिहीबार ११:२२
काठमाडौँ । उद्योग बाणिज्य संघ दाङका पूर्व सदस्य छबिनारायण गिरिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतबाट बैंक कसुरमा पक्राउ पुर्जी जारी भएपछि गिरि पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी रामबहादुर तिमिल्सेनाले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई गएराति घरबाट पक्राउ गरेको हो । […]
April 2025
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930