२०८२ माघ १७ , शनिबार

मृत्युको हल्ला फैलिएपछि कलाकार काजी सापले भने– ‘म सकुशल घरमै छु’



कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’

काठमाडौँ । कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ ले आफू सकुशल रहेको बताएका छन् । बिहानैदेखि सामाजिक सञ्जालमा आफ्नो मृत्युको हल्ला फैलिएपछि उनले आफू सकुशल रहेको बताएका हुन् ।

‘बिहानैदेखि मलाई साथीभाइ, आफन्तको फोनहरू धेरै आइरहेको छ । बाहिर मेरो मृत्युको हल्ला पो फैलिएछ’, अधिकारीले भने, ‘म घरमै सकुशल छु ।’ कसरी र कसले यस्तो हल्ला फैल्यायो आफूले बुझ्न नसकेको उनको भनाइ छ ।

‘दुई वर्ष अगाडि बिरामी पर्दा अस्पताल भर्ना भएको तस्बिर राखेर मृत्युको हल्ला गरिएछ । यसले मेरो आयुमा वृद्धि गर्‍यो’ उनले थपे, ‘किन र कसले केका लागि हल्ला गर्‍यो । त्यो बुझ्न सकिन ।’ अधिकारीको शनिवार बिहानैदेखि सामाजिक सञ्जाल लगायतमा मृत्युको हल्ला फैलिएको हो ।

अधिकारी पछिल्लो समय अभिनयमा ‘काजी साप’ को रूपमा परिचित छन् । यो परिचय उनले हास्य शृङ्खला ‘मेरी बास्सै’ बाट पाएका हुन् । अधिकारी फिल्म, टेलिफिल्मदेखि म्युजिक भिडियोसम्म छाउन सफल छन् ।

प्रकाशित मिति : २०८१ भदौ १५ गते शनिबार