बर्दिया । बर्दियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका- ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दी छिन् । उनको बिहीबार दिउँसो करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
आफ्नै घरमा टेबुल पङ्खा चलिरहेको अवस्थामा सोही पङ्खालाई घुमाउने क्रममा करेन्ट लागेर उनी गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते भएकी उनको बर्दिया अस्पताल गुलरियामा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : २०८१ भदौ २० गते बिहीबार