२०८३ वैशाख १६ , बुधबार

जाजरकोटमा खोलाले बगाउँदा बालक बेपत्ता



जाजरकोट । जाजरकोटमा खोलाले बगाउँदा एकजना बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा नलगाड नगरपालिका–३ कैना बस्ने हरिचन्द्र थापाको ६ वर्षीय छोरा मोहन थापा रहेका छन् ।

शनिवार बिहान ११:३० बजेको समयमा साथीहरूसँग घर नजिकै रहेको झुम्रे ठाडो खोलामा नुहाउन गएका मोहनलाई खोलाले बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ भदौ २२ गते शनिबार