२०८३ वैशाख १७ , बिहीबार

जाजरकोटको बारेकोटमा पहिरो, वडासदस्यसहित दुई जना बेपत्ता



फाइल तस्बिर

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा दुई जना पुरिएका छन् । आज (आइतवार) बिहान २:५० बजेको समयमा खसेको पहिरोमा परी बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले खबरदृष्टिलाई जानकारी दिए ।

पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भएपनि सफलता प्राप्त नभएको उनले बताए ।

प्रकाशित मिति : २०८१ भदौ २३ गते आइतबार