आज राष्ट्रिय शिक्षा दिवस मनाइँदै

खबरदृष्टि सम्वाददाता २ आश्विन २०८१, बुधबार ०९:४६

काठमाडौं । राष्ट्रिय शिक्षा दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालको संविधानले प्रत्याभूत गरेको शिक्षासम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवसका रुपमा मनाउने गरिएको छ ।

यस वर्ष शिक्षा दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र मौलिकता स् साझेदारी र प्रणालीगत सक्षमता’ भन्ने नारा तय गरिएको छ । दिवस मनाउनका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा राष्ट्रिय शिक्षा दिवस मूल समारोह समितिसहित विभिन्न उपसमिति गठन भएका छन् ।

राष्ट्रिय शिक्षा दिवस, २०८१ को अवसरमा उत्कृष्ट सार्वजनिक तथा निजी लगानीका विद्यालय, प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गतका प्राविधिक शिक्षालय, विश्वविद्यालयका उत्कृष्ट क्याम्पस र सामाजिक संघसंस्थालाई राष्ट्रिय स्तरमा पुरस्कृत गरिने कार्यक्रम समेत रहेको छ ।

Next Post

बर्दियामा एक महिलाको चक्कु प्रहारबाट हत्या

२ आश्विन २०८१, बुधबार ०९:४६
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका ५ तर्कापुरमा एक महिलाको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक डीएसपी तुल्सीराम अर्यालका अनुसार गएराति १२ बारबर्दिया नगरपालिका-११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारु (पप्पु)ले ३९ वर्षीया मीना थारुको हत्या गरेका हुन्। मीनाका श्रीमान वैदेशिक रोजगारीमा विदेशमा रहेको प्रहरीको भनाइ छ। […]
October 2024
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
28293031