२०८३ वैशाख १६ , बुधबार

दशैँको मुखमा पनि कम भएनन् देश छाड्नेहरू



काठमाडौँ । दशैँ तिहारको मुखमा देश छाड्नेहरूको संख्यामा कमि आएको छैन । महान् चाड विजया दशमी मनाउन देश तथा विदेशबाट नेपालीहरू गाउँ पुगिरहँदा विदेशिनेहरूको संख्यामा कमि आएको छैन ।

रोजगारी र अध्ययनका लागि केही मानिसहरू टीका र खादा लगाएर विदेशिरहेका भेटिन्छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा युवाहरू विदेश जानका लागि परिवारसँग खुशी र दुःख एकैसाथ साट्दै गरेको दृश्यहरू देख्न सकिन्छ ।

अधिकांश नेपालीहरू दशैँको उत्सवमा रमाइरहँदा केही भने रोजगारी र उच्च शिक्षाका लागि विदेश गइरहेका हुन् । अहिले दशैँ मनाउन नपाए पनि परिवारको भविष्यका बारेमा सोचेर आफू विदेशिन लागेको उनीहरूको भनाइ छ ।

चाडपर्व नजिकिएका बेला विभिन्न मुलुकमा गरी भदौमा ५७ हजार ४ सय ९३ नेपालीहरूले देश छाडेका छन् । वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ को भदौ महिनामात्र विदेशिनेमध्ये ५० हजार ७ सय ७० पुरुष र ६ हजार ७ सय २३ महिला रहेका छन् । साउनमा ६० हजार विदेशिएका थिए ।

प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार