
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ०८४ सालको चुनावमा एक्लै लड्ने बताएका छन् । शनिबार एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘माओवादी कहिले एमालेसँग, कहिले कांग्रेससँग मिलेर जनतामा जाँदा माओवादी हराएको जस्तो लाग्यो । ०८४ सालको चुनावमा हामी एक्लै लड्नेछौँ । माओवादीको पहिचान स्थापित गर्ने संकल्प गरेका छौँ ।’ अध्यक्ष प्रचण्डले भने ।
सरकारबाट बाहिर गएपछि माओवादी कमजोर भयो भन्नु गलत भएको उनको भनाइ छ ।
प्रकाशित मिति : २०८१ असोज १९ गते शनिबार