२०८३ वैशाख १३ , आइतबार

९ जना सवार जीप दुर्घटना



काठमाडौं । मनाङको नासो गाउँपालिका–३ स्थित धारापानीमा जीप दुर्घटना भएको छ। पोखराबाट मनाङ जाँदै गरेका ९ जना यात्रु सवार ग १ ज ६९४२ नम्बरको जीप बिहीबार दिउँसो धारापानी प्रहरी चौकी नजिकै दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

जीपमा सवार सबै यात्रु स्याङ्जाका रहेको र उनीहरु पोखराबाट जिप रिजर्भ गरी खान्सारतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । अहिले जेसीबीको सहयोगमा जिप निकाल्ने काम भइरहेको बताइएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जीपमा सवार सबै यात्रु सकुशल रहेको बताइएको छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २२ गते बिहीबार