२०८३ वैशाख २२ , मंगलबार

मेहेलकुना अस्पतालमा टोकन प्रणाली सुरु



सुर्खेत । पूर्वी सुर्खेतको एकमात्र सरकारी अस्पताल मेहेलकुना अस्पतालमा टोकन प्रणाली सुरु भएको छ । सेवाग्राहीहरुको भिड व्यवस्थापन, समयको उचित व्यवस्थापन तथा सेवाग्राहीहरुलाई लाइनमा लामो समय कुर्नु नपरोस् भन्ने उद्देश्यले मेहलकुना अस्पतालमा टोकन प्रणाली जडान गरिएको मेहेलकुना अस्पतालका निमित्त मेसु डाक्टर राजकुमार भुजेलले जानकारी दिए ।

‘ओपिडी सहितका ठाउँमा चिकित्सकलाई देखाउन पुर्जी काट्नेको भिडभाड हुने गरेको थियो,’ डा. भुजेलले भने, ‘टोकन प्रणाली लागू भएपछि अस्पताल आउने सेवाग्राहीलाई अब घन्टौँसम्म लाइनमा बसेर सास्ती हुनेछैन ।,’

उनले यस प्रणालीको स्थापना पश्चात रेकर्डिङ, रिपोर्टिङ तथा सेवा दिने प्रक्रिया थप सहज र व्यवस्थित हुने विश्वास लिएको बताए । डा. भुजेलले नयाँ प्रणालीले सेवाग्राहीको उपचार प्रक्रिया द्रुत, पारदर्शी र भरपर्दो बनाउने योजना रहेको बताए ।

प्रकाशित मिति : २०८२ वैशाख ३ गते बुधबार