२०८३ वैशाख १९ , शनिबार

सुर्खेत जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा शर्मा निर्वाचित



सुर्खेत । सुर्खेत जिल्ला बार एशोसिएसनको अध्यक्षमा मोतीराम शर्मा निर्वाचित भएका छन्। शनिवार सम्पन्न १८औँ अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।

सार्वजनिक गरिएको निर्वाचन परिणामअनुसार उपाध्यक्षमा हस्तराज रेग्मी, सचिवमा खगेन्द्र बहादुर खनाल, सहसचिवमा मंगलसेन सार्की तथा कोषाध्यक्षमा उपेन्द्र कुमार रावत निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरूमा रत्न बहादुर भण्डारी, प्रकाश कुमार चन्द, डम्बर बहादुर थापा, नवराज चौलागाई, प्रेम बहादुर फडेरा, गज बहादुर केसी, सौता गौतम र लोकेन्द्र बहादुर शाही चयन भएका छन्।

निर्वाचन समिति संयोजक गणेश बहादुर वलीका अनुसार पार्षद सदस्यहरूमा प्रेमध्वज शाही, टोप बहादुर वली र रामबाबु विक चयन भएका छन्।

प्रकाशित मिति : २०८३ वैशाख १९ गते शनिबार