२०८३ वैशाख ८ , मंगलबार

रेडक्रस सोसाइटी उपशाखा छिन्चुको सभापतिमा पुनः नरहरी रेग्मी



बिनोद घिमिरे, भेरीगंगा । नेपाल रेडक्रस सोसाइटी उप–शाखा छिन्चुको सभापतिमा पुनः नरहरी रेग्मी चयन भएका छन् । नेपाल रेडक्रस सोसाइटी उप–शाखा छिन्चुको २०औँ अधिवेशनबाट रेग्मी सर्वसम्मत सभापतिमा निर्वाचित भएका हुन् ।

त्यस्तै उप–सभापतिमा रेणु आचार्य (ढकाल), सचिव भरत ढकाल, कोषाध्यक्ष ज्ञान भुषाल, उप–सचिव मिलन विसी, उप–कोषाध्यक्ष गणेश बहादुर वली, महिला सदस्य डिलमाया थापा पनि सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । सदस्यहरुमा हुम बहादुर सिंह, भिम वहादुर बुढा, चन्द्र बहादुर खत्री र चक्र बहादुर सुनार निर्वाचित भएको नवनिर्वाचित सभापति रेग्मीले बताए ।

भेरीगंगा नगरपालिका नगरप्रमुखले यज्ञ प्रसाद ढकालले संसारभरी प्राकृतिक एवम् मानविय कारणले हुने ठुला विपत्तिहरुको पहिलो साथी रेडक्रस सोसाइटी भएको बताए । उनले स्थापनाकालदेखि सेवाभाव, विपत्तिमा मानविय सहायतलाई मुल मन्त्र बनाएको यस संस्थाले अहिले धेरै उचाइ हासिल गरिसकेको दाबी गरे ।

प्रकाशित मिति : २०८२ वैशाख २१ गते आइतबार