२०८३ वैशाख ७ , सोमबार

हुम्लामा हिमताल फुट्दा विस्थापित भएका परिवारको उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह



सुर्खेत । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा हिमताल फुट्दा आएको बाढीबाट विस्थापित भएका नागरिकको उद्धार र राहतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज (सोमबार) बिहान सामाजिक सञ्जालमार्फत सरकारले आलोचना गरेका हुन्।

हुम्लाको नाम्खा गाउँपालिका ६ लिमी उपत्यकाको तील गाउँमाथिका दुई हिमताल फुटेर यही जेठ १ गते बाढी आएको थियो। त्यसबाट सो क्षेत्रका ५० घरधुरी नागरिक प्रभावित भएका स्थानीय प्रशासनले जनाएको छ। ५० घरधुरी रहे पनि तील गाउँमा हाल १८ घरमा ३३ जना मात्रै बस्दै आएको पाइएको छ। उनीहरु अहिले पहिरोको उच्च जोखिममा छन्।

प्रकाशित मिति : २०८२ जेठ ५ गते सोमबार