सुर्खेत । सुर्खेतको गुर्भाकोटमा भेरी नदीमा माछा मार्ने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। ईलाका प्रहरी कार्यालय छिन्चुका अनुसार बेपत्ता हुनेमा गुर्भाकोट नगरपालिका-१३ बस्ने प्रेम बहादुर राना रहेका छ।
हिजो (बिहीवार) बेलुका करिब ८ बजेघुमखहरे स्थित भेरी नदीमा माछा मार्न गएका गुर्भाकोट-१३ भक्तपुरका एकै घरका तीन दाजु भाइमध्ये ४१ वर्षीय प्रेम बहादुर राना भेरी नदीमा बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले जानकारी दिए ।
उनका अनुसार हाल गोताखोर, मेहेलकुना र बोटेचौरका प्रहरी टोलीले उनको खोजि कार्य जारी राखेको छ ।
प्रकाशित मिति : २०८२ जेठ ९ गते शुक्रबार