२०८३ वैशाख ७ , सोमबार

भेरी नदीमा डुबेर बेपत्ता भएका गुर्भाकोटका प्रेम अझै भेटिएनन् 



सुर्खेत । भेरी नदीमा डुबेर बेपत्ता भएका गुर्भाकोट नगरपालिका–१३ का प्रेम बहादुर राना तीन दिनसम्म पनि फेला परेका छैनन्। बिहीवार बेलुका करिब ८ बजे घुमखहरेस्थित भेरी नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका थिए।

बेपत्ता भएपछि स्थानीय बासिन्दा, प्रहरी तथा गोताखोर टोलीले निरन्तर खोजी कार्य जारी राखेको भए पनि रानाको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक पदम खत्रीले खबरदृष्टिलाई जानकारी दिए।

उनका अनुसार हाल मेहेलकुना, जहरे, रामघाट र सत्तरी आसपासका क्षेत्रमा खोजी कार्य जारी राखिएको छ। ‘हामीले बिहीवार रातिदेखि विभिन्न स्थानमा पुगेर खोजी कार्य गरिरहेका छौँ, तर अहिलेसम्म कुनै पत्तो लागेको छैन।,’ उनले खबरदृष्टिसँग भने।

प्रकाशित मिति : २०८२ जेठ १० गते शनिबार