२०८३ वैशाख ७ , सोमबार

महरा प्रकरणमा जोडिएकी जाजरकोटकी रोशनी शाही मृत फेला



सुर्खेत। भक्तपुरकाे सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित बृहस्पति मार्गमा डेरा गरी बस्ने ५० वर्षीया रोशनी शाही आफ्नै कोठामा मृत फेला परेकी छन् । शाही आइतबार दिउँसो करिब १:५० बजे कोठाभित्रै मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।

उनको कोठा भित्रबाटै चुकुल लागेको अवस्थामा थियो । शव नजिकै सुसाइड नोटसमेत फेला परेको प्रहरीले पुष्टि गरेको छ । प्रारम्भिक निरीक्षणमा शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ । शाही पहिल्यै चर्चामा आएकी पात्र हुन् । उनी पूर्वसभामुख कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपकी उजुरीकर्ता थिइन् ।

उक्त मुद्दामा महरा पछि सफाइ पाएका थिए । मृतक शाहीको स्थायी घर जाजरकोटमा हो । उनका छोराछोरी विदेशमा रहेको र श्रीमान् उपत्यका बाहिर कामको सिलसिलामा रहेको प्रहरीले जनाएको छ । हाल घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : २०८२ जेठ ११ गते आइतबार