२०८३ वैशाख ७ , सोमबार

नेपाल प्रेस युनियन सुर्खेतद्वारा दुई पत्रकार सम्मानित



‘सक्रिय पत्रकारिता पुरस्कार’ ग्रहण गर्दै पत्रकार ललित बसेल

सुर्खेत । नेपाल प्रेस युनियन सुर्खेतले आफ्नो ३४ औं स्थापना दिवसको अवसरमा सुर्खेतका दुई पत्रकारलाई ‘सक्रिय पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ । मंगलवार आयोजित “लोकतन्त्र र प्रेस स्वतन्त्रता” विषयक अन्तरसंवाद कार्यक्रममा नेपाल पत्रकार महासंघ सुर्खेतका निवर्तमान अध्यक्ष तथा गोरखापत्र कर्णाली प्रदेश संयोजक ललित बसेल र पत्रकार कलेन्द्र सेजुवाललाई नगद १० हजार रुपैयाँ र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

पुरस्कार वितरण समारोहमा नेपाली कांग्रेस सुर्खेतका सभापति तथा कर्णाली प्रदेशसभा सदस्य खड्कबहादुर पोखरेल, नेपाल प्रेस युनियनका केन्द्रीय उपमहासचिव कमल पन्त, युनियन सुर्खेतका अध्यक्ष मधुवन विसी र पुरस्कारका अक्षयकोषदाता चिन्तामणि कँडेलको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मधुवन विसीले पत्रकारितामार्फत सुर्खेतको विकास र समृद्धिमा पु¥याइएको योगदानको मूल्यांकनस्वरूप दुवै पत्रकारलाई सम्मान गरिएको बताए । कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य पोखरेलले पत्रकारहरूलाई तटस्थ, सत्य र तथ्यमा आधारित रहेर कलम चलाउन सुझाव दिए ।

संक्रमणकालीन अवस्थामा प्रेसको भूमिकालाई अझ जिम्मेवार बनाउनु आवश्यक रहेको बताउँदै उनले पत्रकारहरूको पेसागत तथा भौतिक सुरक्षाप्रति पनि संवेदनशील हुनुपर्ने धारणा व्यक्त गरे ।

प्रकाशित मिति : २०८२ जेठ १३ गते मंगलबार