२०८३ वैशाख ७ , सोमबार

कर्णालीमा नियमित विद्युत आपूर्तिका लागि प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने



सुर्खेत । कर्णाली प्रदेशमा नियमित विद्युत आपूर्तिका लागि कोहलपुर-सुर्खेत-जुम्ला १३२ केभी प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने भएको छ। बिहीबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८२ को बजेट सार्वजनिक गर्दै उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले उक्त प्रशारण लाइनको निर्माण दुई वर्षभित्र सकिने बताएका हुन्।

उनले ऊर्जा निर्यात सम्भाव्यताका आधारमा थप अन्तरदेशीय प्रशारण लाइन निर्माण गरिने बताए। मन्त्री पौडेलले प्रशारण लाइन विस्तार र वितरण आयोजनाका लागि रु १३ अर्ब १८ करोड विनियोजन गरिएको बताए।

प्रकाशित मिति : २०८२ जेठ १५ गते बिहीबार