
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ एरीचोकमा रहेको जयलक्ष्मी फार्मेसीबाट लागुऔषध ट्रमाडोलसहित तीन जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार दिउँसो फार्मेसी सञ्चालकसहित तीन जनालाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता (डीएसपी) मोहनजंग बुढथापाका अनुसार फार्मेसीबाट ट्रमाडोल ट्याब्लेट २४७ पिस र खाली ट्रमाडोल ट्याब्लेटका खोलहरू ४१० थान बरामद गरिएको छ।
नियन्त्रणमा लिएका व्यक्तिहरूमा फार्मेसी सञ्चालक ५४ वर्षीय रमेशबहादुर शाही, २५ वर्षीय हिक्मतजंग शाही र २५ वर्षीय प्रलाद अधिकारी रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाइएको छ।
प्रकाशित मिति : २०८२ जेठ १८ गते आइतबार