२०८३ वैशाख ७ , सोमबार

जुनीचाँदेमा स्वास्थ्य शिविर : ११९ जना लाभान्वित



अपाङ्गता भएका व्यक्तिलाई सामग्री वितरण गर्दै स्वास्थ्यकर्मी

जाजरकोटको जुनिचाँदे गाउँपालिकामा अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गर्दै विशेष स्वास्थ्य शिविर सम्पन्न भएको छ । ह्यान्डिक्याप इन्टरनेशनलसँगको साझेदारीमा सञ्चालित ‘पहुँच वृद्धिका लागि परियोजना’ अन्तर्गत स्वास्थ्य सेवा कार्यालय जाजरकोटको समन्वय तथा जुनिचाँदे गाउँपालिकाको व्यवस्थापनमा सो शिविर सम्पन्न भएको हो ।

शिविरमा ११९ जनाले स्वास्थ्य परीक्षण गराएका छन् भने ९४ जनालाई सहायक सामग्रीहरू वितरण गरिएको छ । ग्रामीण भेगमा रहेका अपांगता भएका व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई आवश्यक सहयोग र्पुयाउने उद्देश्यले शिविर सञ्चालन गरिएको आयोजक संस्थाले जनाएको छ ।

शिविरले स्थानीय तहमा अपाङ्गता भएका नागरिकहरूका लागि पहुँचयुक्त सेवा सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास लिएको पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटका अध्यक्ष छवि पन्तले व्यक्त गरे । उनले यस्ता कार्यक्रमले अपांगता भएका व्यक्तिहरूको जीवनस्तर सुधार गर्न सकारात्मक प्रभाव पार्ने बताए ।

प्रकाशित मिति : २०८२ जेठ २० गते मंगलबार