२०८३ वैशाख ७ , सोमबार

कर्णाली सरकारको नीति तथा कार्यक्रम आज, यी हुन् प्राथमिकताका विषय



सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (बुधवार) आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम ल्याउँदैछ । आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने मुख्यमन्त्री यामलाल कँडेलले खबरदृष्टिलाई जानकारी दिए ।

नीति तथा कार्यक्रम सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले प्रदेशसभामा प्रस्तुत गर्नेछन् । कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख मियाँले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेश सभा सचिवालयका सुचना अधिकारी राजेन्द्र पौडेलले जानकारी दिए ।

प्रदेशको विकास र समृद्धिका लागि मुख्य पर्यटन, ऊर्जा, कृषि, रोजगार र उद्योगलाई आधार मानेर नीति तथा कार्यक्रम ल्याउन लागिएको मुख्यमन्त्री कँडेलले बताए ।

प्रकाशित मिति : २०८२ जेठ २१ गते बुधबार