२०८३ वैशाख ७ , सोमबार

जाजरकोटमा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु



जाजरकोट। जिल्लाको नलगाड नगरपालिका वडा नम्बर ७ खगेनकोटस्थित डोल्पा–जाजरकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदामएक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । शुक्रवार बिहान करीब ८ बजे दल्लीबाट कायाखेततर्फ सरिया बोकेर जाँदै गरेको भे १ त ८७११ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर ट्याक्टर चालक नलगाड नगरपालिका–७ बगरा बस्ने अन्दाजी १८ वर्षीय विनोद परियार घाइते भएका थिए । घाइते भएका उनलाई उपचारका लागि रुकुम पश्चिमको मिसन अस्पताल चौरजहारी लगिएकोमा दिउँसो १२ः४० बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) बसन्तकुमार शर्माले खबरदृष्टिलाई जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा परेर सोही वडाको चामाखेत निवासी अन्दाजी १८ वर्षीय जयबहादुर परियार पनि घाइते भएका छन् । उनलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । मृतक विनोदको हाल शव पोस्टमार्टमका लागि नगर अस्पताल दल्ली पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८२ जेठ ३० गते शुक्रबार