२०८३ वैशाख ७ , सोमबार

खाली खुट्टै हिँडेर सुर्खेतबाट काठमाडौँ गइरहेका बोहरा



सुर्खेत । अनियमितता र भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुर्खेतका नबराज बोहरा खाली खुट्टै पैदल काठमाडौँ गइरहेका छन् । गरिबी, शिक्षा अभाव, अनियमितता र भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै जेठ ४ गतेदेखि बालुवाटारसम्मको पैदल यात्रा गरिरहेको उनी आज २८औँ दिन धादिङ पुगेका छन् ।

गएराति यात्राको २७औं दिनमा धादिङको गजुरी पुगेका उनी अहिले त्यहाँबाट अघि बढिरहेका छन् । उनले अनियमितता र भ्रष्टाचारविरुद्ध खाली खुट्टा खबरदारी अभियान चलाएको उल्लेख गरेका छन् । कर्णालीका मुद्दाहरु सहित बालुवाटार पुगेर प्रधानमन्त्रीसँग सुनाउने योजना बनाएका छन् ।

प्रकाशित मिति : २०८२ जेठ ३१ गते शनिबार